aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा २ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ माघ २०७६
युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा २ करोडभन्दा बढी

काठमाडौं । युनाइटेड फाइनान्सले यस वर्षको ६ महिना अर्थात दोस्रो त्रैमाससम्म रू. ४ करोड ११ लाख ८७ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ३ करोड ३३ लाख ४२ हजार थियो । गत वर्षभन्दा यस वर्ष २३ दशमलव ५२ प्रतिशतले नाफा बढेको हो । 

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड १९ लाख ८ हजार छ । ३ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार कायम गरेको छ । जगेडा कोष रकम भने स्थिर रहेको छ । हाल कम्पनीको जगेडा कोष रकम रू. २४ करोड १८ लाख ३३ हजार छ ।

गत वर्षभन्दा करिव ४ प्रतिशत बढी रू. ६ अर्ब ८१ करोड ८६ लाख २ हजार निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव ५१ प्रतिशत कम रू. ५ अर्ब ७४ करोड २२ लाख ९ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य दशमलव ९९ प्रतिशतदेखि बढेर १ दशमलव २९ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ७ दशमलव ९१ र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव शून्य १ छ ।
 

प्रतिक्रिया दिनुहोस