aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच आरटीजीएस समझदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ माघ २०७६
महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच आरटीजीएस समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आरटीजीएस Real Time Gross Settlement (RTGS) प्रणालीमा आबद्ध हुने सम्झौता गरेको छ । सोमबार एक कार्यक्रमकाबीच आरटीजीएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हाे । 

उक्त सम्झौता पश्चात ग्राहकहरुले Real Time Gross Settlement (RTGS)बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेको हो ।  

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आधुनिक प्रविधिमा आधारित अनलाईन बैंकिङ्ग, एटीएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस