aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कृषि विकास बैंकको ऋणपत्र मंगलवारदेखि खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
कृषि विकास बैंकको ऋणपत्र मंगलवारदेखि खुल्ला

काठमाडौं  । कृषि विकास बैंकले मंगलवारबाट २५ लाख इकाई ऋणपत्र विक्री खुला गरेको छ । 

रू. १ हजार अंकित दरको  ऋणपत्रको भुक्तानी अवधि ७ वर्ष  रहेको छ । बैंकले वार्षिक १० दशमलव ३५ प्रतिशत व्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याउन लागेको हो ।

रू. २ अर्ब ५० करोड मध्ये रू.१ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशनको माध्यमबाट विक्री गरिनेछ भने बाँकी रू.१ अर्ब ५० करोड १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट विक्री गरिनेछ ।

विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गते सम्म आवेदन गर्न सकिनेछ । 

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन् । 

नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस