
काठमाडौं । चालू आवको ६ महीना(दोस्रो त्रैमास) मा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले रू.७४ लाख ४१ हजार नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २६ प्रतिशतले कमि आएको हो । सो अवधिमा कम्पनीले रू.१ करोड १ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमास कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।
कम्पनीको चुक्तापूँजी रू.१० करोड ६६ लाख छ । रिजर्भ कोषमा रू.२ करोड २ लाख छुट्याएको हो ।
कम्पनीले यस वर्ष शेयरधनीलाई २४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । कम्पनीको पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६५ लाख९२ हजार खराब कर्जा उठाएको छ ।
सोही अवधिमा कम्पनीले रू.४ करोड ६६ लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सम्भावित जोखिम बापतको व्यबस्थामा रू. १ करोड १२ लाख छुट्याएको छ ।
प्रतिशेयर आम्दानी रू.६ दशमलव ९८, मूल्य आम्दानी अनुपात ११८ दशमलव ९१, तरलता अनुपात ७ दशमलव ८१ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ८१ छ । मर्जर प्रक्रियामा रहेकाले शेयर कारोबार भएको छैन ।
प्रतिक्रिया दिनुहोस