aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चालू आवको ६ महीनामा नेपाल बैंकको नाफा  घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
चालू आवको ६ महीनामा नेपाल बैंकको नाफा  घट्यो

काठमाडौं । चालू आवको ६ महीना(दोस्रो त्रैमास) मा नेपाल बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १८ प्रतिशतले घटेर रू.१ अर्ब ३५ करोडमा सिमित भएको छ । 

यो नाफा गत आवको दोस्रो त्रैमासमा रू.१ अर्ब ६६ करोड थियो । चालू आवको दोस्रो त्रैमासमा नेपाल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा घटेकाले नाफा घटेको हो ।

बैंकले यस वर्ष शेयरधनीलाई १५ बोनस शेयर  १० प्रतिशत नगद लाभांश दिएको छ । बैंकको चुक्तापूँजी रू.९ अर्ब ८१ करोड छ । रिर्जभ कोषमा रू. १३ अर्ब ५२ करोड छुट्याएको हो । 

दोस्रो त्रैमासमा बैंकले रू.१ खर्ब १७ अर्ब निक्षेप सकंलन भएको छ भने रू. ९८ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको हो । 
बैंकको वितरणयोग्य नाफा रू.६८ करोड ३७ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । 

बैंकको प्रतिशेयर आम्दानी रू.२७ दशमलव ५७, मूल्य आम्दानी अनुपात १० दशमलव ०५ टाइम्स, तरलता अनुपात २३ दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२९७ दशमलव ३२ छ । 

प्रतिक्रिया दिनुहोस