
काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा लक्ष्मी बैंकको नाफा २४ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले सो अवधिमा रू.९० करोड ३० लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू.७२ करोड ३७ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड छ । रिर्जभ कोषमा रू. २ अर्ब ३० करोछ छुट्याएको छ ।
दोस्रो त्रैमाससम्ममा बैंकले रू.८८ अर्ब २३ करोड निक्षेप संकलन भएको छ भने रू.८५ अर्ब ५ करोड कर्जा प्रवाह गरेको हो ।
सोही अवधिमा बैंकले रू.१ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू.१ अर्ब २९ करोड रहेको छ ।
दोस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा रू.५९ करोड १८ लाख छ । बैंकको प्रतिशेयर आम्दानी रू.१८ दशमलव ४१, मूल्य आम्दानी अनुपात ११ दशमलव १९, तरलता अनुपात १३ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१३३ दशमलव ९० छ ।
प्रतिक्रिया दिनुहोस