
काठमाडौं । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन मंगलवार बैंकिङ्क समयसम्म रहेको छ ।
बैंकले पुस १४ गते देखि ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ ।
धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
साथै आवेदकले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबीबीबी प्लस ग्रेडिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने जनाउँछ । यस ऋणपत्रमा आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस