aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्वदेशी लघुवित्तको नाफा ८२ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
स्वदेशी लघुवित्तको नाफा ८२ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको नाफा ८२ प्रतिशत वृद्धि भएको छ ।

सो अवधिमा कम्पनीले रू. ४ करोड ८२ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ६४ लाख नाफा कमाएको थियो । 

चालू आवको दोस्रो त्रैमासका कम्पनीको खुद ब्याज आम्दानी ५२ प्रतिशत र सञ्चालन नाफा ८० प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो । 
कम्पनीको चुक्तापूँजी रू.२७ करोड ६० लाख छ । रिर्जभ कोषमा रू. १४ करोड ७९ लाख छुट्याएको हो । 

यस वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर वितरण गरेको छ । 

प्रतिशेयर आम्दानी रू.३४ दशमलव ९८, मूल्य आम्दानी अनुपात २१ दशमलव १०, तरलता अनुपात १२ दशमलव ०५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१५३ दशमलव ६२ छ । 

हाल सम्ममा कम्पनीले ८५ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस