aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढ्यो

काठमाडौं । पुस मसान्त सम्ममा लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढेको छ । लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड १को प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढेको हो ।

लक्ष्मी भ्यालु फण्ड १ को मंसिर मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ९ दशमलव ७३ रहेकोमा पुस मसान्त सम्ममा बढेर रू. १० दशमलव ०७ पुगेको छ । त्यसैगरी लक्ष्मी इक्विटी फण्डको  प्रतिइकाई खुद सम्पत्तिको मूल्य मंसिर मसान्त सम्ममा रू. ८ दशमलव ६१ रहेकोमा पुस मसान्त सम्ममा रू. ९ दशमलव २९ रहेको छ । 

लक्ष्मी भ्यालु फण्डले पुस मसान्त सम्ममा सुचिकृत धितोपत्र शेयर, ,सार्वजनिक निष्कासन र ऋणपत्र बण्डमा गरेर कुल लगानी रू. ८१ करोड ८२ लाख रहेको छ । सोही अवधिमा कम्पनी रू. १७ करोड ५४ लाख नोक्सानीमा रहेको छ । पुस मसान्त सम्ममा कम्पनीको प्राप्त भइसकेको आम्दानी रू. ३ करोड ४५ लाख छ । 

लक्ष्मी भ्यालु फण्ड १ को पुस मसान्त सम्मको कुल लगानी(धितोपत्र दलाल कमिशन समेत) रू. ८ करोड ६३ लाख लागत मूल्य रहेकोमा लगानी मूल्य रू. ६ करोड ७३ लाख कायम भएको छ । सो अवधिमा लागत मूल्य भन्दा लगानी मूल्यमा कमि आएको हो । यस योजना पुस मसान्त सम्ममा रू. ८ करोड ७३ लाख नोक्सानीमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस