aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बीओकेको संस्थापक सेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ माघ २०७६
बीओकेको संस्थापक सेयर लिलामीमा

काठमाडौं । बैंक अफ काठमान्डूले आज बुधबार (माघ १५ गते) बाट ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले ३५ दिने सुचना जारी गरी यो सेयर बिक्री खुला गरेको थियो ।

तर सो समयमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणले पनि किन्ने सक्ने गरी बिक्री खुला गरेको हो । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस