aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंक अफ काठमाण्डूले गर्यो सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ माघ २०७६
बैंक अफ काठमाण्डूले गर्यो सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको सजंय साई विद्या मन्दिरलाई सहयोग गरेको छ । बैंकले विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप पाँच लाख सहयोग गरेको हो । 

उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् । 

२०६८ सालदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशल्ुक शिक्षा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस