aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकको नाफा र प्रतिशेयर आम्दानी बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ माघ २०७६
सनराइज बैंकको नाफा र प्रतिशेयर आम्दानी बढ्यो

काठमाडाैं । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणमा बैंकको नाफा र प्रतिशेयर आम्दानीसँगै अन्य सूचकहरुमा पनि सुधार भएको देखिएको छ ।

पुस मसान्तसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत अर्थात १५ करोड १६ लाख रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा पनि बढेको हो ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ४५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १ रुपैयाँ ६१ पैसा बढेर २१ रुपैयाँ ६ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.२१ गुणा र प्रतिशेयर नटेवर्थ १४२ रुपैयाँ २६ पैसा कायम भएको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड १० लाख रुपैयाँ र शेयरधनी कोषमा ८५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकले ८२ अर्ब १५ करोड निक्षेप सङ्कलन गरी ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत बैंकले २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३२ करोड ६० लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २० करोड ९२ लाख रुपैयाँ बढेर १ अर्ब ३४ करोड ५१ लाख पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ। 

प्रतिक्रिया दिनुहोस