
काठमाडौं । यस वर्षको दोस्रो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीको सार्वजनिक दोस्रो त्रैमासको वित्तीय विवरण अुनसार खुद नाफा रू.२ करोड ७० लाख ७९ हजार रहेको छ ।
गत वर्ष कम्पनीको खुद नाफा रू. ८१ लख ६४ हजार थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २३१ दशमलव ६८ प्रतिशत बढी भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन मुनाफा रू. १ करोड ३१ लख ५१ हजार रहेको छ । यस वर्ष खराब कर्जा संकलन गत वर्षभन्दा करिब १४ गुणा बढी भएको छ ।
गत वर्षको दोस्रो त्रैमासमा रू.२१ लख ४० हजार खराब कर्जा उठाएको कम्पनीले यस वर्ष रू.२ करोड ९६ लाख ७ हजार उठाउन सफल भएको छ ।
खराब कर्जा संकलन बढेसँगै कम्पनीले आम्दानी रू.८ करोड २६ लाख ५६ हजार खुद ब्याज आम्दानी गरेको छ ।
चुक्तापूँजी रू.२३ करोड २२ लाख ८० हजार रहेको उक्त कम्पनीको जगेडा कोषमा रू.६ करोड २९ लाख ९१ हजार रहेको छ । चुक्तापूँजी ६५ दशमलव ९१ प्रतिशत बढाएको कम्पनीको जगेडा कोष रकम ६९३ दशमलव ८३ प्रतिशत बढी कायम भएको हो ।
कम्पनीमा निक्षेप संकलन ८९ दशमलव ७८ प्रतिशत बढी रू.६५ करोड ९५ लाख ४६ हजार भएको छ भने कर्जा प्रवाह पनि गत वर्षभन्दा ४९ दशमलव ५१ प्रतिशत बढी अर्थात् रू.२ अर्ब १९ करोड ५७ लाख ८२ हजार भएको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.२३ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रू.१२७ दशमलव १२ रहेको छ । हाल कम्पनीले ५५ शाखा कार्यालयमार्फत २९ ओटा जिल्लाभित्र ५२ हजारभन्दा बढी घरपरिवारमा सेवा पु¥याईरहेको छ ।
प्रतिक्रिया दिनुहोस