aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब एक हजारको नोटमा दुई वटा हात्ती हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
अब एक हजारको नोटमा दुई वटा हात्ती हुने

काठमाडौं । हाल एउटा मात्रै हात्तीको तस्वीर भएको एक हजारको नोटमा अब दुई वटा हात्ती राखिने भएको छ । अब छपाई भएर आउने एक हजारको नयाँ नोटमा दुई वटा हात्तीको तस्वीर रहने भएको हो । 

अहिलेको नोटमा भएको हात्तीको तस्वीर विदेशी भएको भन्दै आलोचना भएपछि राष्ट्र बैंकले चितवन राष्ट्रिय निकुन्जमा भएका राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीर अंकित डिजाइन गरेको राष्ट्र बैंकले जनाएको छ। हात्तीको तस्वीरबाहेक नयाँ नोटमा अन्य कुनै विशेषता भने परिवर्तन गरिएको छैन।

राष्ट्र बैंकले सो डिजाइनको नयाँ नोट छपाईको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइसकेको छ। राष्ट्र बैंकका अनुसार अबको चार महिनामै यी नोट बजारमा आउनेछ। दुई वटा हात्तीको तस्वीर अंकित डिजाइनका ३१ करोड थान नोट छपाईको जिम्मा दिएका बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस