aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन शुक्रवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन शुक्रवार

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज बैंकिङ्ग समयसम्म रहेको छ ।

बैंकले माघ १४ गते देखि ऋणपत्र निष्काशन गरेको । बैंकले रू.१ हजार अंकित दरको २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो  । 

७ वर्षे अवधिको उक्त ऋणपत्रको वार्षिक १० दशमलव ३५ प्रतिशत व्याजदर तोकिएको छ ।  अर्धवार्षिक रूपमा उक्त व्याज भुक्तानी गर्नेगरी बैंकले ऋणपत्र निष्काशनमा ल्याएको हो । 

रू.२ अर्ब ५० करोड मध्ये रू.१ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशनको माध्यमबाट विक्री गरिनेछ भने बाँकी रू.१ अर्ब ५० करोड १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट विक्री गरिनेछ । 

विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गतेसम्म आवेदन गर्न सकिनेछ । 

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन् । 

साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस