
काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा आइसीएफसी फाइनान्स कम्पनीले रू.८ करोड १९ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४ प्रतिशतले वृद्धि हो । सो अवधिमा कम्पनीले रू.७ करोड १४ लाख नाफा कमाएको थियो ।
कम्पनीको चुक्तापूँजी रू.८८ करोड २१ लाख छ । रिर्जभ कोषमा रू.३२ करोड ७७ लाख छुट्याएको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.११ अर्ब ५९ करोड निक्षेप संकलन भएको छ भने रू.८ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको हो ।
यस वर्ष कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
कम्पनीको वितरणयोग्य नाफा रू.६ करोड २ लाख रहेको छ । प्रतिशेयर आम्दानी रू.१८ दशमलव ५८, मूल्य आम्दानी अनुपात ८ दशमलव ६१, तरलता अनुपात २४ दशमलव ८४ र प्रतिशेयर नेटवर्थ रू.१४८ छ ।
प्रतिक्रिया दिनुहोस