aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नयाँ नेपाल लघुवित्तको नाफा ५ गुणाले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
नयाँ नेपाल लघुवित्तको नाफा ५ गुणाले वृद्धि

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको नाफा ५ गुणा वृद्धि भएको छ । 

गत आवको दोस्रो त्रैमासमा रू.२५ लाख २३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू.१ करोड ३२ लाख नाफा कमाएको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू.१० करोड ८ लाख छ भने रिजर्भ कोषमा रू.३ करोड ४९ लाख छुट्याइएको  छ । 

यस वर्ष कम्पनीले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । दोस्रो त्रैमासमा रू.२३ लाख ७९ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएको छ । सोही अवधिमा कम्पनीले रू. १९ करोड ८१ लाख निक्षेप संकलन गरेको छ भने रू.१ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकिकरण) रू.२६ दशमलव ३२, मूल्य आम्दानी अनुपात २४ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ६६ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस