aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

६ महिनामै पोखरा फाइनान्सको नाफा रू. ५ करोड ६४ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
६ महिनामै पोखरा फाइनान्सको नाफा रू. ५ करोड ६४ लाख

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा पोखरा फाइनान्स कम्पनीले रू. ५ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो

त्रैमासको तुलनामा २० प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ६९ लाख नाफा कमाएको थियो । दोस्रो त्रैमासमा कम्पनीले रू. १६ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफारू. ८ करोड १२ लाख रहेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ९१ करोड ७२ लाख छ । रिर्जभ कोषमा रू. २२ करोड ९१ लाख छुट्याएको हो । दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ अर्ब ५६ करोड निक्षेप संकनल भएको छ भने रू. ५ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको हो ।

यस वर्ष शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ७ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड ३९ लाख छ ।

प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३२, मूल्य आम्दानी अनुपात ११ दशमलव ८५ , तरलता अनुपात २७ दशमलव २० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव  ०९ छ । 
 

प्रतिक्रिया दिनुहोस