
काठमाडौं । चालू आवको ६ महीना(दोस्रो त्रैमास) मा सिभिल लघुवित्त वित्तीय संस्थाको नाफा ३५ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा कम्पनीले रू.१ करोड नाफा कमाएको हो । नाफा गत आवको दोस्रो त्रैमासमा रू.७४ लाख २६ हजार कमाएको थियो ।
चालू आवको ६ महीनामा कम्पनीले रू.५९ लाख ३१ हजार खराब कर्जा उठाएको र खुद ब्याज आम्दानी ५४ प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू.११ करोड ४१ लाख छ । रिर्जभ कोषमा रू.३ करोड ५९ लाख छुट्याएको उक्त कम्पनीले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।
प्रतिशेयर आम्दानी (वार्षिकीकरण) रू.१७ दशमलव ६४, मूल्य आम्दानी अनुपात ४५ दशमलव ३४,तरलता अनुपात ३० दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू.१३१ दशमलव ५१ छ ।
हालसम्ममा कम्पनीले ४७ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस