aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रभु क्यापिटलको ११ औं वार्षिक साधारण सभा फागुन ११ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
प्रभु क्यापिटलको ११ औं वार्षिक साधारण सभा फागुन ११ मा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा फागुन ११ गते प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा हुने भएको छ । 
कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा २ दशमलव १८३ प्रतिशत बोनस शेयर वितरण गर्ने रहेको छ । 

साथै सभाले प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने , दुई क्यापिटल प्रयोजनको लागि चलअचल सम्पत्ति तथा दायित्व कारोबार मूल्यांकन प्रतिवेदन आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो स्वीकृत गर्नेछ । 

सभामा दुई कम्पनीवीच अन्तिम सम्झौता अनुसार प्रभु बैंकको सहायक कम्पनी यथावत रही रहन प्रभु बैंकले मात्र पूँजी थप गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस