aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सबैको लघुवित्तको नाफा १०३ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
सबैको लघुवित्तको नाफा १०३ प्रतिशत बढ्यो

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा चुक्तापूँजी ६६ प्रतिशत बृद्धि गरेको छ । गत वर्ष रू. ११ करोड २० लाख चुक्तापूँजी रहेको यस कम्पनीले यस वर्ष रू. १८ करोड ६४ लाख ५० हजार पु¥याएको हो ।

आईपीओ र बोनस शेयर मार्फत कम्पनीले शेयर पूँजी बढाएको हो । पूँजी बृद्धि गरेको कम्पनीको नाफामा पनि आकर्षक बृद्धि देखिएको छ । यस वर्ष कम्पनीले रू. २ करोड ४४ लाख ७५ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्ष यसै अवधिमा रू. १ करोड २० लाख ५५ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १०३ प्रतिशत बढी भएको हो ।

जगेडा कोष रकम गत वर्षभन्दा १५४ प्रतिशत बढी रू. ३ करोड ३५ लाख ४४ हजार कायम भएको छ । कम्पनीले गत वर्षभन्दा १२८ प्रतिशत बढी रू. ५६ करोड ३५ लाख ३५ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा ६३ प्रतिशत बढी रू. १ अर्ब ८७ करोड २६ लाख ८ हजार कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा शून्य दशमलव ८५ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २६ दशमलव २५ रहेको छ । हाल देशका २८ जिल्लाहरुमा ५२ शाखा कार्यालयमार्फत ३४ हजार भन्दा बढीलाई सेवा पु¥याईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस