aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनसीसी बैंकको लाभांश पारित, चुक्तापुँजी ९ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
एनसीसी बैंकको लाभांश पारित, चुक्तापुँजी ९ अर्बभन्दा बढी

काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित भएको छ ।  शुक्रबार सम्पन्न बैंकको २२औ वार्षिक साधारण सभाल आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुजीको ०.७८९४७ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

लाभांशपछि  १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको बैंकले जनाएको छ ।साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ खर्ब ३८ करोड निक्षेप परिचालन गरी रु.६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ  साथै उक्त वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस