aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिन्धु विकास बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ माघ २०७६
सिन्धु विकास बैंकको लाभांश पारित


सिन्धुपाल्चोक । सिन्धु विकास बैंकको साधारणसभाले लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न १० औं बार्षिक साधारणसभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हो  ।

साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना संचालकहरुमा संजिव प्रधान र  हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन  । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी गराएका छन ।

०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट राखी कारोवार संचालन गरेको बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस