
काठमाडौं । एक्सेल डेभलपमेण्ट लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५ ०७६ सम्मको वितरण योग्य सञ्चित मुनाफाबाट १८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले हाल कायम चुक्ता शेयर पूँजीको १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९० प्रतिशत गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने जानकारी बैंकले गराएको छ । हाल बैंकको चुक्तापूँजी रू. ६९ करोड २६ लाख ७३ हजार ९७५ रहेको छ । १७ दशमलव १० प्रतिशत बोनस शेयर वितरण पश्चात उक्त पूँजी रू. ८१ करोड ११ लाख २१ हजार २२४ दशमलव ७२ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस