aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १० करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले माघ २१ गते ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको छ । उक्त जारी हुने यस ट्रेजरी बिलका लागि भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल बैशाख गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । साथै, यस प्रक्रियामा सहभागी हुन अनलाइन बिडिङ प्रणालीबाट सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस