aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

माछापुच्छ्रे बैंकले ६ महिनामै ८२ करोड नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
माछापुच्छ्रे बैंकले ६ महिनामै ८२ करोड नाफा कमायो

काठमाडौं । माछापुच्छ्रे बैंकले ६ महिनामा ८२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ६ महिनामा वितरण योग्य नाफा ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले यो अवधीमा ९७ अर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो भने ७८.२७ प्रतिशत कायम गरेको छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ९८ करोड रुपैया पुर्याएको छ । ८ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । 

बैंकको कस्ट अफ फण्ड ७.६४ प्रतिशत छ भने आधार ब्याज दर १०.२६ प्रतिशत छ । स्प्रेड दर भने ५.२४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस