
काठमाडाैं । छिमेक लघुवित्तकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड ९२ लाख अथार्त २२ प्रतिशत बढी हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको विवरण अनुसार लघुवित्तको नाफा बढेको देखिएकाे हाे ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७८ रुपैयाँ ४७ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १४ रुपैयाँ २५ पैसा घटेर ६४ रुपैयाँ २२ पैसामा सीमित भएको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानीमा ह्रास आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५० प्रतिशत बढेर १ अर्ब ५० करोड पुगेको छ। लघुवित्तको जगेडा कोष ३ करोड ४२ लाख रुपैयाँ घटेर १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँमा झरेको छ ।
पुस मसान्तसम्ममा १७ अर्ब २७ करोड निक्षेप र ४ अर्ब ८४ करोड सापटीबाट १९ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले सो अवधिसम्ममा ९८ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ करोड १ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ४१ लाख रुपैयाँ बढेर ७४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.१२ प्रतिशतविन्दु बढेर ०.३५ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा १ करोड ८८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल यस लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस