aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कर्जाको किस्ता नियमित बुझाउने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
कर्जाको किस्ता नियमित बुझाउने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।

गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । 

बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । 
आगामी दिनहरुमा समेत कर्जाको किस्ता÷ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बंैकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस