काठमाडाैं । प्रभु बैंकले शनिबार र आइतबार मुम्बईमा वित्तीय साक्षरता एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभु बैंकले युकेयड–डिएफआइडी अन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एसेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासीलाई २ दिन बैंकिङ प्रणाली मार्फत नेपालमा पैसा पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रम गरेपछि ती प्रवाशी नेपालीहरुले बैंकिङ प्रणाली मार्फत नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन विगतमा भन्दा सहज महशुस गरेको बैंकको विश्वास छ ।
यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बैंकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस