aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकको नाफा २१ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
कुमारी बैंकको नाफा २१ प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैैंकको नाफा २१.२१ प्रतिशतले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो ।

यो अवधिमा बैंकले ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब १ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकसँग गत पुस मसान्तसम्म सर्वसाधारणको ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा ७३ अर्ब २० करोड ११ लाख रुपैयाँ निक्षेप थियो । कुमारीको निक्षेप र कर्जा करिब बराबर नै बढेको छ ।

बेंकले ५ अर्ब २० करोड २१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ छ । गत वर्ष कुमारीको खुद व्याज आम्दानी १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात १.०४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १.२२ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.५० प्रतिशत छ । गत वर्ष ८.१२ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० गत वर्ष ७८.०७ प्रतिशत थियो, यो वर्ष ७८.६१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस