काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले माघ २८ गतेदेखि रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा रू. १००० अंकित दरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल कित्तामध्य रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. १ अर्ब बराबरको १० लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणहरुलाई विक्री गर्नेछ ।
२०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक नेपाल कुमारी क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल एए’ रेटिङ प्रदान गरेको छ । बैंकले धितोपत्र बोर्डसँग पुस २७ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्रमा छिटोमा फागुन २ गते तथा ढिलोमा फागुन २८ गतेसम्म आबेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस