
काठमाडौं । छ महिना (दोस्रो त्रैमास)मा छिमेक लघुवित्त वित्तीय सस्थाले रू. १ करोड ८८ लाख खराब कर्जा उठाउन सफल भएको छ । गत आवको दोस्रो त्रैमासमा रू. ५८ लाख ५० हजार खराब कर्जा उठाएको थियो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४८ करोड १६ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा रू. ३९ करोड २३ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५० करोड छ । जगेडा कोषमा रू. १ अर्ब ५२ करोड छुट्याएको हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ अर्ब २७ करोड निक्षेप संकलन भएको छ भने रू. १९ अर्ब ९१ करोड कर्जा प्रवाह भएको हो ।
प्रतिशेयर आम्दानी रू. ६४ दशमलव २२, मूल्य आम्दानी अनुपात १३ दशमलव ८३, तरलता अनुपात २८ दशमलव ९८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव ७९ छ । हाल सम्ममा कम्पनीले ६७ वटा जिल्लामा १३६ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस