
काठमाडौं । लक्ष्मी बैंकले माघ २२ गतेदेखि परिपक्क ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी गर्न सुरु गर्ने भएको छ । बैकले ८ प्रतिशत ब्याजदरको २०७६ नामको ४ लाख कित्ता ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी गर्न लागेको हो ।
बैंकले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रहरु तथा व्याज भुक्तानी पूर्जाहरुको सक्कल प्रति र आफ्नो परिचय खुल्ने कुनै आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि ल्याउन भनेको छ ।
स्वयं उपस्थित हुन नसकि अन्य व्यक्ति मार्फत भुक्तानी लिन चाहनेको हकमा रितपूर्वक मञ्जुरीनामा प्रदान गर्न समेत बैंकले अनुरोध गरेको छ ।
मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको हकमा पनि ऋणपत्रधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपिको साथै आफ्नो आधिकारिक प्ररिचयपत्रका प्रतिलिपि समेत अनिवार्य गरिएको छ ।
प्रतिक्रिया दिनुहोस