aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिलायन्स फाइनान्सको साधारण सभा फागुन १६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
रिलायन्स फाइनान्सको साधारण सभा फागुन १६ गते

काठमाडौं । रिलायन्स फाइनान्सको १०औं वार्षिक साधारण सभा फागुन १६ गते बोलाएको छ । कम्पनीले बानेश्वर ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको २४८औं बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले शेयरधनीका लागि आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्तापूँजीको ६ दशमलव ५८ प्रतिशतका नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर र एक्वीजीसन गर्ने सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशेधन गर्ने भएको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २८ गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माघ २७ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस