काठमाडौं । नेपाल बंगलादेश बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
वितरण योग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी २.९५% ले घट्दा सञ्चालन नाफा भने ७.०९% ले बढेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः २०.३०% र १२.७०% ले बढेको छ ।
यसको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेपाल बंगलादेश बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर वितरण गरिसकेको छ । तर वित्तीय विवरणमा यसलाई पुँजीकरण गरिएको छैन । तथापि, बोनसपछि यसको पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यसको रिजर्भ कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । बैंककाे खराब कर्जा केही बढेको छ ।
प्रतिक्रिया दिनुहोस