
काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयर लिलामी आवेदन दिने आज बुधबार (माघ २२ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले माघ १५ गतेबाट संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा रहेकोे ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसअघि बैंकले ३५ दिने सूचना जारी गरी यो सेयर बिक्री खुला गरेको थियो ।
तर, सो समयमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणले पनि किन्ने सक्ने गरी बिक्री खुला गरेको हो । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन बिहीबार (माघ २३ गते) बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोल्नेछन् ।
प्रतिक्रिया दिनुहोस