
काठमाडाैं । गुराँस लघुवित्तकाे चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा ४१ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५९.५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष लघुवित्तले २६ लाख तीन हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्ममा १२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेका लघुवित्तले ६० करोड ७८ लाख रुपैयाँ अन्य बैंक तथा वित्तयि संस्थामार्फत सापटी लिएर ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालु आवको पुस मसान्तसम्ममा लघुवित्तले दुई करोड ३६ लाख रुपैयाँ खुद ब्याज आन्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड १४ लाख रुपैयाँ बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले एक करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। साथैै यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६५ लाख ३० हजार रुपैयाँ छ।
लघुवित्तको निष्कृय कर्जा अनुपातमा सुधार भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.८३ प्रतिशत रहेको लघुवित्तको निष्कृय कर्जा अनुपात घटेर २.९८ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस