
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (Nepal Investment Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९ दशमलव ६१ प्रतिशतले घटेको हो । गत आवको सोहिअवधिमा नाफा २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
१२ अर्ब ५्८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रिमियम १० करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ८३ करोड ६ लाख रुपैयाँ र जगेडा १० अर्ब ५५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
बैंकले निक्षेपमा १ खर्ब ४२ अर्ब २ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरि कर्जामा १ खर्ब २४ अर्ब २ करोड ८७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । कर्जामा बैंकले सामान्य मात्र वृद्धि गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी १९ दशमलव २५ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड १७ लाख रुपैयाँ र सञ्चालन नाफा ९ दशमलव ५ प्रतिशतले घटेर ३ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । बैंकले कर्जामा खासै वृद्धि नगरि, संचालन मुनाफा पनि घटाएको हँुदा खुद मुनाफा पनि सामान्य घटेको हो ।
बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानी अनुपात २० दशमलव २१ गुणा, प्रतिशेयर नेटवर्थ १९९ दशमलव २० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ४४ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा ३ दशमलव ०४ प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ९७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस