काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजनचोकमा सञ्चालनमा ल्याएको छ । मंगलबार आफ्नो ११८ औ शाखा कार्यालय स्थापना गरी साखा सञ्चालन गरेको हो ।
होराइजनचोक शाखाको समुद्घाटन प्रदेश नं ५ का माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका थिए ।
उक्त बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया दिनुहोस