aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए पद तथा गोपनियताको सपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ माघ २०७६
लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएको छ । 

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । 

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ । 
 

प्रतिक्रिया दिनुहोस