
काठमाडौं । नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक साधारण सभा फागुन १७ गतेहुने भएको छ । कम्पनीले हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा समूह ‘क’ संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा शंशोधन गर्ने, अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिबाट गठित मर्जर तथा प्राप्ति उप समितिले गरेका निर्णय अनुमोदन गरी समर्थन प्रदान गर्ने र विविध विषयहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस