aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफामा १० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफामा १० प्रतिशतले वृद्धि

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Forward Community Microfinance Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा २३ करोड ५८ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ६७ प्रतिशतले बढेको हो । गत आवको सोहिअवधिमा नाफा २१  करोड ३१ लाख रुपैयाँ रहेको थियो । 

३७ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सले जगेडाकोषमा ८० करोड ५५ लाख रुपैयाँ रहेको छ ।

माइक्रोफाइनान्सले निक्षेपमा ४ अर्ब ३३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरि कर्जामा ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । कर्जामा ३१ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको छ । 

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी २७ दशमलव ४२ प्रतिशतले बढेर ५९ करोड ८ लाख रुपैयाँ र सञ्चालन नाफा १० दशमलव ४७ प्रतिशतले बढेर ३६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । 

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक ८३ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १८ दशमलव ९५ गुणा, प्रतिशेयर नेटवर्थ ३१३ दशमलव २९ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ७७ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ०६ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस