aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मुक्तिनाथ विकास बैंककाे खुद नाफा ४७ करोड २५ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
मुक्तिनाथ विकास बैंककाे खुद नाफा ४७ करोड २५ लाख

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार भएको देखिएकाे छ ।

सो अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड २७ लाख रुपैयाँ अर्थात ९.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २० रुपैयाँ ९२ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २२ रुपैयाँ १३ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४७ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.९२ गुणा रहेको छ ।

४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७९ करोड ९८ लाख रुपैयाँ, शेयरधनी कोषमा ३६ करोड ७३ लाख रुपैयाँ र शेयर प्रिमियममा ६ करोड ४० लाख रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

सो अवधिसम्ममा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७ करोड ९६ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रुपैयाँ बढेर ६७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन खर्च बढेका कारण सञ्चालन मुनाफा प्रभावित भएको हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ०.०५ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ०.११ प्रतिशत पुगेको छ । सो अवधिसम्ममा बैंकको कोषको लागत ८.६१ प्रतिशत, आधार दर ११.१८ प्रतिशत र स्प्रेड दर ५.६६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस