
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस आधारमा बोनस र नगद गरी कुल ६.७५% लाभांश वितरण गर्ने घोषणा गरिएको हो । सेन्चुरीले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
यस्तै, ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद बाँड्नेछ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले २% बोनस र ४.५% नगद लाभांश वितरण गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनस पश्चात पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस