aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ३० करोड ७ लाख माथी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ३० करोड ७ लाख माथी

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमास मा बैंकले ३० करोड ७ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको दोस्रो त्रैमासमा यसले १९ करोड ९० लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको दोस्रो त्रैमास सम्ममा भन्दा ५१.१२% ले बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि गत वर्षको भन्दा क्रमशः ६७.४८% र ५१.१६% ले बढेको छ ।
 
गत वर्ष ४० करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढाएर ६८ करोड ६६ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २८ करोड २५ लाख ३० हजार रहेको कम्पनीको सञ्चालन नाफा पनि यो वर्ष बढेर ४२ करोड ७० लाख ९२ हजार रुपैयाँ भएको छ ।

वितरणयोग्य नाफा भने २५ करोड ३६ लाख ६० हजार रुपैयाँ छ । चुक्ता पुँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ रहेको शाइन रेसुंगाको जगेडा कोषमा ५३ करोड ५२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

बैंकले पुससम्ममा २६ अर्ब ७७ करोड ५६ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गर्दा २३ अर्ब ८९ करोड ८२ लाख ४८ रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा बढेर ०.६१% पुगेको छ । गत वर्ष खराब कर्जा ०.१७% रहेको थियो । प्रतिसेयर आम्दनी वार्षिक २२ रुपैयाँ ९४ पैसा रहेको शाइनको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस