aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रभु बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
प्रभु बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

काठमाडौं । प्रभु बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकले मंसिर ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।

कात्तिक २५ गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा पनि क्रमश जम्मा गर्दै जाने बैंकले उल्लेख गरेको छ ।

हालसम्म पनि शेयर डिम्याट नगराएका शेयरधनीले शेयर रजिष्ट्रार प्रभु कयापिटल कमलादी वा आफूलाई पाएक पर्ने प्रभु बैंकको शाखा कार्यालयहरुमा वा अन्य कुनै पनि निक्षेप सदस्यहरु मार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरेपछि बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस