aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ग्रीन डेभलपमेण्ट बैंकको नाफा १ करोड ४ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
ग्रीन डेभलपमेण्ट बैंकको नाफा १ करोड ४ लाख

काठमाडौं । चालू आवको छ महिना(दोस्रो त्रैमास) मा ग्रीन डेभलपमेण्ट बैंकले रू. १ करोड ४ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ७० प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. १ करोड ८ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. ५० करोड छ । जगेडा कोषमा रू. १ करोड ९२ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३० करोड निक्षेप संकनल गरेको छ भने रू. १ अर्ब १० करोड कर्जा प्रवाह भएको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा निक्षेप २९ दशमलव ८८ प्रतिशत र कर्जा प्रवाह १३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. ४ दशमलव १७ छ ।
 

प्रतिक्रिया दिनुहोस