aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कालिका लघुवित्तको ८५ लाख ५५ हजार खराब कर्जा उठ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
कालिका लघुवित्तको ८५ लाख ५५ हजार खराब कर्जा उठ्यो

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा कालिका लघुवित्त वित्तीय संस्थाले रू. ८५ लाख ५५ हजार खराब कर्जा उठाउन सफल भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४९ लाख ४८ हजार खराब कर्जा उठाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४४ प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. ४९ नाफा कमाएको थियो । 

कम्पनीको चुक्ता पूँजी रू. २५ करोड २३ लाख छ । कम्पनीले जनसेवी लघुवित्त संग मर्जर पछि पूँजी वृद्धि भएको हो । रिर्जभ कोषमा रू. १४ करोड ६५ लाख छुट्याएको छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १ करोड निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ४८ करोड कर्जा प्रवाह भएको हो । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९३(वार्षिक), मूल्य आम्दानी अनुपात ५० दशमलव १८, तरलता अनुपात ९ दशमलव ७२ प्रतिशत  र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ४० छ । 
 

प्रतिक्रिया दिनुहोस