aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल फाइनान्सको नाफा १७ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
नेपाल फाइनान्सको नाफा १७ प्रतिशतले घट्यो

काठमाडौं । समस्याग्रस्तबाट फुकुवा भएको नेपाल फाइनान्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा १७ प्रतिशतले घटेको छ । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ७५ लाख नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड २७ लाखमा सीमित भएको छ । 

कम्पनीको चुक्तापूँजी रू. २२ करोड ७ लाख छ । रिजर्भ कोषमा रू. १९ करोड २४ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड २२ लाख निक्षेप संकलन गरेको छ भने रू. ५० लाख कर्जा प्रवाह भएको हो । 

प्रतिशेयर आम्दानी १०,  मूल्य आम्दानी अनुपात १३ दशमलव ३, तरलता अनुपात ३० दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ८७ दशमलव ५३ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस