aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गण्डकी विकास बैंकको मुनाफा १५ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
गण्डकी विकास बैंकको मुनाफा १५ प्रतिशतले वृद्धि

गण्डकी विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३९ करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४ दशमलव ६६ प्रतिशतले बढेको हो । गत आवको सोहिअवधिमा नाफा ३४ करोड ४ लाख रुपैयाँ रहेको थियो । 

२ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा १ अर्ब ८१ लाख रुपैयाँ रहेको छ ।

बैंकले निक्षेपमा २७ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरि कर्जामा २४ अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । कर्जामा बैंकले ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । 

बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ८४ प्रतिशतले बढेर ८५ करोड ९७ लाख रुपैयाँ र सञ्चालन नाफा १५ दशमलव १६ प्रतिशतले बढेर ६० करोड रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ९३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १० दशमलव ०४ गुणा, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ६६ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ७८ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १७ दशमलव १२ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस